माओवादी मन्त्रीहरुको सामूहिक राजीनामा यस्तो छ

+
-

माओवादी केन्द्रका मन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुरलाई शुक्रबार बिहान सामूहिक राजीनामा बुझाएका छन्। सामूहिक राजीनामाबारे जानकारी गराउँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देउवालाई पठाएको पत्र यस्तो छ:

नेपालको संबिधानले अंगिकार गरेको संघीय प्रणाली कार्यान्वयन गर्ने सन्दर्भमा २०७४ असोज २ को स्थानीय तथा मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने मूल राजनीतिक कार्यभार पूरा गर्न एउटा विशिष्ट अवस्थामा हाम्रो पार्टी तपाईँले नेतृत्व गर्नुभएको सरकारमा सामेल भएको कुरा सर्बबिदितै छ।

२०७४ असोज १७ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा वाम गठवन्धन अन्तर्गत मिलेर चुनाव लड्ने र चुनावपछि एउटै पार्टी समेत बनाउने समेतको उद्घोष गरेपछि मुलुकमा नयाँ राजनीतिक ध्रुवीकरण पैदा भयो।

त्यो स्थितिमा पनि निर्वाचन सन्पन्न गर्न तपाईंलाई अप्ठ्यारो नपरोस् र समयमै चुनाव होस् भन्ने उधेश्यले हाम्रो पार्टी सरकारमा बसेको थियो। अब निर्वाचन सम्पन्न भइसकेको छ।

संघीय संरचनाअन्तर्गत प्रदेश, संघ र दुई नम्बर प्रदेश्को स्थानीय त्यहाँको सफल चुनाव गराएर यो सरकारले ऐतिहासिक महत्वको काम गरेको छ। त्यसका लागि हामीले तपाईंलाई बधाई पनि दिइसकेका छौ।

निर्वाचन सम्पन्न भई ताजा जनादेश समेत आइसकेको स्थितिमा प्रधानमन्त्रीबाटै नयाँ जनादेश अनुरुपको सरकार गठनका लागि वातावरण बनाउन अविलम्व पहल हुनेछ भन्ने अपेक्षा राखेका थियौँ। तर, आजसम्म पनि त्यस विषयमा ठोस कदम नचालिएको, बरु ढिलासुस्ती भइरहेको, राजस्वको दुरुपयोग र काम चलाऊ सरकारले गर्न नमिल्ने अतिरिक्त निर्णयहरु पनि भइरहेको सन्दर्भमा अब सरकारमा रहिरहनु औचित्यपूर्ण नदेखिएकाले आजैबाट हामी नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त) सम्बद्ध मन्त्रीहरुलाई फिर्ता बोलाई सरकारमा नरहेको जानकारी गराउँछौ। साथै सरकारबाट नयाँ जनादेश अनुसार सत्ता हस्तान्तरणमा सहजीकरणको लोकतान्त्रिक भूमिकाको अपेक्षा गर्दछौँ।

प्रचण्ड

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?