खप्तड गोल्डकप- डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाइनलमा

खप्तड गोल्डकप- डिफेन्डिङ च्याम्पियन मनाङ सेमिफाइनलमा
+
-

धनगढी- डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लब दोस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

रुपन्देही ११ लाई फराकिलो अन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी धनगढीमा भइरहेको सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा शुक्रबार भएको अन्तिम क्वाटर फाइनलमा रुपन्देही ११ लाई ४–० ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो।

खेलको २० औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोर अमोवीले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा मनाङले थप ३ गोल गरेको थियो। मनाङका लागि ५५ औँ मिनेटमा सुजल श्रेष्ठ, ८२ औँ मिनेटमा विशाल राई र ८३ औँ मिनेटमा विमल रानाले गोल गरेका थिए।

योसँगै सुदूरपश्चिम खप्तड गोल्डकपमा सेमिफाइनलमा पुग्ने चारै टिमको टुङ्गो लागेको छ। प्रतियोगिता अन्तर्गत शनिबार मनाङ र नेपाल आर्मीबीच सेमिफाइनलको पहिलो खेल हुने छ भने सेमिफाइनलको दोस्रो खेल आइतबार सुदूरपश्चिम ११ र एपीएफबीच हुनेछ।

सर्वाधिक राशीको सुदूरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’