धनगढी- धनगढीमा मोहनापुल अत्तरिया ६ लेन सडकको चौडाइ नघटाउन माग गर्दै दृष्टिविहीनहरुले प्रदर्शन गरेका छन्। सडक चौडा भए आफ्नो घर फुट्ने भन्दै केही व्यक्तिले सडकको चौडाइ घटाउन माग गर्दै सर्वाेच्चमा रिट हालेका बेला दृष्टिविहीनहरुले चौडाइ नघटाउन माग गर्दै प्रदर्शन गरेका हुन्।
दृष्टिविहीन युवा अर्जुन रावलको नेतृत्वमा रहेको युवा दबाब समूहमा आवद्ध दृष्टिविहीनहरुले नाराजुलुससहित नगरपरिक्रमा गर्दै ट्राफिक चौराहामा कोणसभाको आयोजना गरेका थिए।
कोणसभामा बोल्दै दृष्टिविहीन रावलले सडकको चौडाइ कुनै पनि हालतमा घटाउन नहुने बताए। उनले चौडाइ घटाउने चलखेल भए आफूहरु चुप लागेर नबस्ने बताए।
दृष्टविहीनको आन्दोलनमा अरु युवाहरुले पनि ऐक्यवद्धता जनाएका थिए। सडकको चौडाइ घटाउन विभिन्न प्रयास भइरहँदा कोही पनि नबोलेपछि आफूहरु सडकमा उत्रिएको अर्का दृष्टिविहीन हरि जोशीले बताए।
राजनीतिक दलहरु र नागरिक समाजका अगुवाहरु चुप लागेर बसेको भन्दै उनीहरुले विरोध जनाए। सर्वाैच्चमा रिट परेपछि अहिले सडक मिचेर बनाइएका संरचना हटाउने कार्य रोकिएको छ।

                                                                                                                    
                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































