मैले सडकमा प्रमाण देखाउँदै हिँड्ने होइन: प्रधानन्यायाधीश

+
-

रुकुम- प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन्। रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनाइ छ।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छैन’, उनले भने। विभिन्न बहानामा न्यायालयप्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ। ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो’, उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’

न्यायकर्मी जनताको भावना, न्यायको मूल्यमान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए।  (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?