
काठमाडौँ- नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको हास्य टेलिशृंखला ‘जिरे खुर्सानी’का केही महत्वपूर्ण दृश्यहरु नेपाल टेलिभिजनले सेन्सर गरेको भन्दै लेखक तथा निर्देशक जितु नेपालले आपत्ति जनाएका छन्।
लामो समय बन्द रहेको यो टेलिश्रृंखला केही समयअघि देखि फेरि सुरु भएको छ।
यसको ५ सय ३५ अौँ श्रृंखलामा नेपाल टेलिभिजनले कैँची चलाइदिएपछि असन्तुष्ट जितु नेपालले फेसबुकमार्फत आफ्नो तुस पोखेका छन्।
४/५ मिनेटको डाक्टर गोविन्द केसीसम्बन्धी दृश्य टेलिभिजनले काटेको भन्दै नेपालको आपत्ति आएको हो।
टेलिभिजनले कैँची चलाएको त्यो दृश्य जितु नेपालले आफ्नो युट्युब च्यानलमा भने राखेका छन्।