राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश कार्यालय खुल्यो

+
-

विराटनगर- माघ २४ गते हुने राष्ट्रिय सभासदस्य निर्वाचनका लागि प्रदेश नम्बर एकको मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा स्थापना गरिएको छ।

विराटनगरको वीरेन्द्र सभागृहमा शनिबार स्थापना गरिएको कार्यालयको प्रदेश नम्बर एकका निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश राजुकुमार खतिवडाले उद्घाटन गरे।

उच्च अदालत रहेको जिल्लामा कार्यालय खोल्ने सरकारको निर्णयअनुसार विराटनगरमा कार्यालय स्थापना गरिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रवक्ता हेमन्त श्रीवास्तवले जानकारी दिए।

उनका अनुसार, राष्ट्रिय सभा निर्वाचनमा १४ जिल्लाबाट ४ सय ३५ जना जनप्रतिनिधि मतदाता रहनेछन् जसमा गाउँपालिका, नगरपालिका, महानगर, प्रदेशका सांसदको सहभागिता रहनेछ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश नम्बर एकबाट खुल्लातर्फ ३, महिला ३, दलित १ र आरक्षित एक गरी ८ जना निर्वाचित हुने कार्यालयले जनाएको छ। त्यसमा अन्य थप ३ जना पदाधिकारी भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?