काठमाडौं– भारतको गुप्तचर संस्था ‘रअ’को जागिर पाउने प्रलोभनमा सयौं नेपाली युवा ठगिएका छन्। रअको जागिर सुरु गरेको महिनौं वित्दा पनि तलब प्राप्त नभएपछि उनीहरुले आफु ठगिएको थाहा पाएका हुन्।
महानगरिय प्रहरी अपराध महाशाखाको टोलीले ठगीका मुख्य योजनाकार रमाकान्त चौहानसहित ६ जनालाई आइतबार पक्राउ गरेको छ। मासिक ७५ हजार तलब पाउने आशामा उनीहरुले जनहीँ तीनदेखी पाँच लाख रुपैयाँसम्म बुझाएका थिए।
सप्तरीको राजविराज घर भएका ४१ वर्षिय चौहानबाहेक दोलखाका २८ वर्षिय सन्तोष कार्की, दोलखाका ३० वर्षिय विनोद कार्की, रामेछापका २९ वर्षिय चित्रबहादुर श्रेष्ठ, काभ्रेका पदम श्रेष्ठ र काठमाडौंकी ३२ वर्षिय गिता महर्जन पक्राउ परेका छन्। उनीहरुलाई सात दिनको म्याद लिएर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ।