लिभरपुलले तोड्यो सिटीको अपराजित यात्रा

लिभरपुलले तोड्यो सिटीको अपराजित यात्रा
+
-

लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलको यो सिजन म्यानचेस्टर सिटीको अपराजित यात्रा टुंगिएको छ।
आइतबार राती भएको खेलमा लिभरपुलले म्यान सिटीलाई ४–३ गोलले हरायो।

तालिकाको शीर्षस्थानमा रहेको म्यान सिटीले यसअघि यो सिजन प्रतियोगितामा खेलेका २२ खेलमा २० जित र दुई बराबरीको नतिजा निकालेको थियो।

लिभरपुलको मैदानमा भएको रोमान्चक खेलको पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो। तर नौ मिनेटको अन्तरमा तीन गोल गरेपछि लिभरपुल ६८ औं मिनेटमा ४–१ गोलले अगाडि बढेको थियो।

त्यसपछि सिटीले दुई गोल फर्काएपनि हार टार्न सकेन। लिभरपुलका मोहमद सलाह, सेडियो मेन, फर्मिन्हो र अक्सलेड च्याम्परलैनले एक एक गोल गरे। म्यान सिटीका लेरोय सेन,बर्नाडो सिल्भा र इल्के गुन्डोगानले एक एक गोल गरे।

हारपछि म्यान सिटी २३ खेलबाट ६२ अंक जोडेर शिर्षस्थानमा कायम छ। तर एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई अंक दुरी घटाउने अवसर छ। यता लिभरपुल भने २३ खेलबाट ४७ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ।

लिभरपुल प्रतियोगितामा १८ खेलयता अपराजित रहेको छ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’