स्वारेजले यसरी जिताए बार्सिलोनालाई

स्वारेजले यसरी जिताए बार्सिलोनालाई
+
-

म्याड्रिड– बार्सिलोनाले क्लब फुटबलमा पुन एक पटक उत्कृष्ट पुनरागमनको नमुना देखाएको छ।

घरेलु लिगमा आइतबार राती बार्सिलोनाले रियल सोसिडाडलाई ४–२ गोलले हराउँदा यस्तै देखियो। खेलमा २–० गोलले पछाडि परेको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल गर्दै रोमान्चक जित हात पार्‍याे। बार्साको जितमा उरुग्वेका स्टार स्ट्राइकर लुइस स्वारेज नायक बने।
उनले दुई गोल गरेभने एक गोलमा एसिस्ट पनि गरे। सोसिडाडले ११ र ३४ औं मिनेटमा गोल गर्दै २–० गोलले अगाडि बढेको थियो।

तर ३९ औं मिनेटमा ब्राजिलियन स्ट्राइकर पाउलिन्होले स्वारेजको क्रसमा ट्यापिङ गर्दै गोल गरेका थिए।

त्यसपछि स्वारेजले ५० औं मिनेटमा खेल बराबरीमा ल्याए। उनलाई मेसीले पास उपलब्द गराएका थिए। ७१ औं मिनेटमा स्वारेजकै गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। मेसीले ८५ औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका थिए।

बार्सिलोनाले यस जितपछि घरेलु लिगमा यो सिजन अपराजित यात्रालाई कायम राख्याे। भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडसँगको अंक दुरी नौ अंकमा कायम राख्यो।

स्पेनिस लिगको यो सिजन सर्वाधिक गोलकर्ताको सुचीमा मेसी पहिलो र स्वारेज दोस्रा्े स्थानमा छन्।

मेसीले १७ गोल गर्नुका साथै आठ गोलमा एसिस्ट गरेका छन्। स्वारेजले १३ गोल गर्नुका साथै दुई गोलमा एसिस्ट गरेका छन्। तेस्रो स्थानमा रहेका सेल्टा भिगोको इयागो आसपासले ११ गोल गर्नुका साथै चार गोलमा एसिस्ट गरेका छन्। स्वारेजले लगातार छैटौं खेलमा गोल गरेका हुन्।

 

सम्बन्धित समाचारहरु…

बार्सिलोनालाई सोसिडाडको ‘त्रास’

भ्यालेन्सियाको हारले बार्सिलोनालाई फाइदा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’