लन्डन– वेल्सका पुर्व कप्तान रायन गिग्स राष्ट्रिय टोलीको प्रशिक्षक पनि बन्ने भएका छन्।
गिग्सले वेल्सको राष्ट्रिय टोलीको प्रशिक्षकका लागि चार वर्षको सम्झौता गर्न लागेको जनाईएको छ।
क्रिस कोलम्यानले गत नोभेम्बरमा पद छाडेपछि वेल्सको प्रशिक्षक पद रिक्त थियो। गिग्सले सन् १९९१ देखी २००७ सम्म वेल्सका लागि कुल ६५ खेल खेलेका थिए।
तर मैत्रिपुर्ण लगायतका खेलमा उनले टोलीबाट नाम फिर्ता लिने गरेका कारण गिग्सको आलोचना हुने गरेको थियो।
गिग्सले लामो समय इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका लागि खेले।
२४ वर्ष म्यानचेस्टर युनाइटेडमा विताएका ४४ वर्षिय गिग्सले त्यसबीचमा उक्त क्लबका लागि नौ सय ६३ खेल खेल्दै एक सय ६८ गोल गरेका थिए। सन् २०१४ मा उनी म्यान युनाइटेडको अन्तरिम प्रशिक्षक पनि नियुक्त भएका थिए।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































