
धनगढी- टिकापुर घटनाको मुख्य योजनाकारको आरोपमा प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका रेशम चौधरी हालसम्म फरार छन्। टिकापुरबाट प्रतिनिधि सभाको निर्वाचनमा विजयी भए पनि सार्वजनिक भएर आउन नसकेका उनले विजयी भएको प्रमाणपत्र पाएका छैनन्।
तर, उनले गाएको एक गीत भने यतिखेर गाँउगाँउमा घन्किरहेको छ, माघीका अवसरमा उनले बर्षाैअघि गाएको गीत थारु बस्तीमा गुन्जिरहेको हो।
थारु समुदायका व्यक्तिहरु उनले गाएको गीतमा झुमेर नाच्दै माघी मनाइरहेका छन्। रेशमले गाएको ‘माघीक पिली गुरीगुरी जाँड’ बोलको गीत थारु भाषाको चलचित्र कमैयामा समावेस छ।
हेर्नुस रेशमले गाएको गीतको भिडियो:
https://www.youtube.com/watch?v=okUQ8H-s4LE