
दाङ- लमही नगरपालिका वडा नम्बर ९ रिहारस्थित बगारबाबा धाममा ढुङ्गाकाे पुजा गरिन्छ।ठूलाे ढुङ्गा मन्दिर परिसरमा छ।
त्याे ढुङ्गा काँधमा राखेर मन्दिरकाे परिक्रमा गरेमा सम्पूर्ण पाप नाश हुन्छ भन्ने जनविश्वास छ।ढुङ्गा बोक्न नसक्नेहरुले ढाेग्ने गर्छन्।
रिहारमा माघेसङ्क्रान्तिमा पूजा अाराधनाकाे लागि भारतबाट भक्तजनहरु अाएका छन्।
तप्तकुण्डमा नुहाउन, खिचडी खान र मन्दिरमा पूजा गर्न भारतवाट तिर्थालु यहाँ अाएका हुन्। वर्षमा एक दिने माघेसङ्क्रान्तिमा मेला लाग्ने गर्छ।
केही तस्बिरहरु: