प्रदेश प्रमुखको जटिलता समाधान गर्नुस्- प्रमुख आयुक्त डा. यादव

प्रदेश प्रमुखको जटिलता समाधान गर्नुस्- प्रमुख आयुक्त डा. यादव
+
-

विराटनगर- निर्वाचन आयोगका प्रमुख डा. आयोधीप्रसाद यादवले प्रदेशसभा प्रमुखको सम्बन्धमा देखिएको जटिलता चाडै समाधान गर्न सरकारसंग आग्रह गरेकाछन्।

विराटनगरमा सोमबार क्षेत्रीय निर्वाचन कार्यालय भवनको उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश प्रमुख २४ गतेभित्रसम्म तोकिनुपर्नेमा जोड दिए। उनले भने, ‘माघ २४ गतेसम्ममा प्रदेश प्रमुखको विषयमा सरकारले टुङगो लगाउनुपर्नेछ, नत्र राष्ट्रिय सभासदस्य निर्वाचन प्रक्रियालाई असर नपुग्नेगरि आयोग अघि बढ्न बाध्य हुनेछ।’

भवन उद्घाटनका क्रममा प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेशप्रमुख नियुक्तका लागि आयोगले पटक पटक सरकारलाई आग्रह गरेको बताए। प्रदेश प्रमुखको विषय टुङ्गो नलागेका कारण प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक सुची बुझाउने तथा सपथग्रहणको विषयमा समस्या उत्पन्न भइरहेको उनले बताए ।

राष्ट्रियसभाको निर्वाचन सम्पन्न नहुन्जेलसम्म प्रतिनिधि सभा पूर्ण नहुने बताएका डा. यादवले भने, ‘आयोग संविधान सम्मत अघि बढिरहेको छ र यसको भूमिकाप्रति शङ्का गर्नुपर्ने आवश्यक्ता छैन।’

विराटनगरको वडा नम्बर १० मा निर्मित भवन निर्माणमा १ करोड ४५ लाख रुपैया खर्च भएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?