लेखक तथा पत्रकार यज्ञशलाई दुई लाखको पुरस्कार

लेखक तथा पत्रकार यज्ञशलाई दुई लाखको पुरस्कार
+
-

काठमाडौं- लेखक तथा पत्रकार यज्ञशको कृति ‘भुइयाँ’लाई दुई लाख दुई हजार दुई रुपैयाँ राशिको पहिचान पुरस्कार दिइने भएको छ।

बेलायतको लण्डनमा रहेको पहिचान पुरस्कार कोषले लेखक तथा पत्रकार यज्ञशलाई उक्त पुरस्कार प्रदान गर्ने भएको हो।

‘भुइयाँ’ले पहिचानविहीन भुइँमा रहेका समुदाय र मानिसको कथालाई पुस्तकमा उतारेको भन्दै पहिचानप्राप्तिका लागि संघर्ष गरिरहेका जाति र समुदायका बारेमा लेखिएको हुनाले उक्त कृतिलाई पुरस्कृत गर्ने निर्णय गरिएको कोषले जनाएको छ।

लेखनका माध्यमबाट पहिचानको मुद्दालाई सहयोग गर्न नेपाली कला, साहित्य र संस्कृतिसम्बन्धी पुस्तकलाई सम्मानित र पुरस्कृत गर्न सन् २०१५ मा ‘पहिचान पुरस्कार’ घोषणा गरिएको हो।

हरेक पाँच वर्षमा पुरस्कार राशि बढाइने कोषले बताएको छ।

यसअघि यो पुरस्कार राजन मुकारुङको निबन्धकृति ‘फेरिँदो सौन्दर्य’ र स्व. अर्जुन खालिङको कृति ‘गोयाङ्को सुगन्ध’लाई प्रदान गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?