त्रिभुवन आर्मीले चुम्यो खप्तड गोल्डकपको उपाधि

त्रिभुवन आर्मीले चुम्यो खप्तड गोल्डकपको उपाधि
+
-

धनगढी- नेपालकै सर्वाधिक पुरस्कार राशीको नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधिमाथि नेपाल आर्मीले कब्जा जमाएको छ।

सोमवार धनगढी रंगशालामा भएको फाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ टिमलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आर्मीले उपाधि चुमेको हो। आर्मीले एपीएफलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको हो।

जितसँगै आर्मीले नगद ११ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमै चित्त बुझाएको छ।

खेलको निर्धारित समयमा कुनै पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत नतिजा निकालिएको हो।

खेलमा दुवै टोलीले गोल गर्ने कैयौ सुनौला मौका गुमाएका थिए। दुबै टीमले रक्षापंक्ति बलियो पारेपछि निर्धारित समयमा एउटा पनि गोल भएन।

खेलमा म्यान अफ द फाइनल आर्मीका नवयुग श्रेष्ठ भए। प्रतियोगितामा आर्मीका कप्तान भरत खवास उत्कृष्ट खेलाडी भए। उनले मोटरसाइकल पुरस्कार पाए। यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर एपीएफका टोप विष्ट, उत्कृष्ट फरवार्ड आर्मीका सन्तोष तामाङ र राइजिङ प्लेयर सुदुरपश्चिम ११ का गोलकिपर अमानत शेख घोषित भए।

तीनै जनाले नगद १५–१५ हजार प्राप्त गरेका छन्।

अर्को बर्ष पुरस्कार राशी दोब्बर हुने घोषणा

अर्काे वर्ष हुने तेस्रो सुदूरपश्चिम खप्तड गोल्ड कपको पुरस्कार राशी झण्डै दोब्बरले बढाइएको छ। तेस्रो संस्करणको खप्तड गोल्ड कपको विजेतालाई २१ लाख नगद दिने आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालले घोषणा गरे।

यस्तै उपविजेता टोलीको पुरस्कार राशी पनि अर्को वर्ष १० लाख ५० हजार रुपैयाँ रहने उनले घोषणा गरे। सुदुरपश्चिम खप्तड गोल्ड कपको पहिलो संस्करणको विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेको थियो भने यस बर्ष ११ लाख ११ हजार ११ सय ११ रुपैया पुरस्कार राशी रहेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’