मस्को- रूसले संयुक्त राज्य अमेरिका र उत्तर कोरियाबीच वार्ता भएमा त्यसको सहजीकरणका लागि तयार रहेको बताएको छ।रूसी विदेशमन्त्री सेर्गेइ लाभरोभले भने, ‘यदि अमेरिका र कोरियाबीच वार्ता हुन्छ भने सहयोग गर्न हामी तयार छौँ।’
विदेशमन्त्री लाभरोभले छ वटा आणविक शक्ति राष्ट्रको सदस्यको हैसियतमा रूसले यस्तो प्रस्ताव गरेको जानकारी पनि दिए।हालैका दिनमा उत्तर र दक्षिण कोरियाबीचको सम्बन्धमा केही सुधार आएको छ।
यी दुई देशबीच गत जनवरी ९ मा द्विपक्षीय उच्चस्तरीय वार्ता भएको थियो।यसरी सम्बन्धमा सुधार आएकाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उत्तर कोरियासँग वार्ताका लागि अमेरिका पनि तयार रहेको धारणा हालैमात्र सार्वजनिक गरेका थिए।
त्यसैले रूसले उक्त वार्ता भएमा त्यसको सहजीकरणका लागि आफू तयार रहेको धारणा मस्कोको रहेको विदेशमन्त्री लाभरोभले सोमबार सार्वजनिक गरेका हुन्।