व्यापार मेलामा एकैदिन चार करोडको कारोबार

+
-

पोखरा- पोखराको नयाँबजारमा जारी ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोबाइल मेला २०७४, पोखरा’मा सोमबार एकैदिन २५ हजार जनाले मेलाको अवलोकन गरेका छन्।

संघका अध्यक्ष विश्वशंकर पालिखेका अनुसार माघे सङ्क्रान्ति परेका कारण मेलामा अवलोकनकर्ता र कारोबार दुवै बढेको हो। मेलामा करिब चार करोडको कारोबार भएको अनुमान गरिएको बताउँदै उनले घरायसी सामानको किनमेल गर्ने गृहिणीको विशेष आकर्षण देखिएको उल्लेख गरे।

संघका महासचिव दामु अधिकारीले मेला अगाडि बढ्दै गर्दा व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको बताए। उनका हाँका पोखरा उद्योग वाणिज्य संघले यो मेलाको प्रवेश टिकटमा बम्पर उपहारको व्यवस्थासमेत गरेको छ।

समापनको दिन मेलाको प्रवेश टिकटमध्ये एकजनालाई गोलाप्रथाद्वारा ह्युण्डाई कम्पनीको इवन गाडी उपहारको रुपमा राखिएको छ। गाडीको बजार मूल्य १८ लाख रुपैयाँभन्दा बढी छ।

पुस २७ गतेदेखि शुरु भएको मेला माघ ८ गतेसम्म जारी रहने आयोजकले जनाएका छन्। (रासस)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?