विष्णुलक्ष्मी साहित्यिक पुरस्कार न्यौपानेलाई

विष्णुलक्ष्मी साहित्यिक पुरस्कार न्यौपानेलाई
+
-

चरिकोट- विष्णुलक्ष्मी साहित्यिक पुरस्कार समितिले यो वर्षको ‘विष्णुलक्ष्मी साहित्यिक पुरस्कार‘ साहित्यकार भोजराज न्यौपानेलाई प्रदान गरेको छ।

सोमबार चरिकोटमा आयोजित एक समारोहमा पूर्वमन्त्री आनन्द पोखरेलले न्यौपानेलाई नगद एवं सम्मानपत्र प्रदान गरे।

अढाइ दशकदेखि नेपाली साहित्यमा क्रियाशील न्यौपानेका ‘आकाश माथिको देवता’, ‘सपनामाथि उभिएर’ र ‘छुटेको जुत्ता’ कविता संग्रह प्रकाशित छन्। उनका विभिन्न पत्रपत्रिकामा कथा, निवन्ध र संस्मरणात्मक आलेख र तीन सयभन्दा बढी गीत प्रकाशित छन्।

दोलखाली समकालीन साहित्य, अरुणिमा, हाम्रो गाउँघरलगायत साहित्यिक कृति एवं पत्रपत्रिकाका सम्पादक रहेका न्यौपाने पत्रकारिता क्षेत्रमा समेत संलग्न छन्।

पत्रकार चिरञ्जिवी मास्केले आफ्नी आमाको नाममा स्थापना गरेको उक्त पुरस्कारको कोष मजबुत बनाउने उद्देश्यले न्यौपानेले आफूले पाएको पुरस्कार फेरि कोषमै हस्तान्तरण गरेका छन्।

२०६९ सालमा आफ्नी आमा र कर्म दिने आमाको नाममा मास्केले पुरस्कार स्थापना गरेका हुन्। कार्यक्रममा तुलसीमाया रेडियो पत्रकारिता साहित्यिक पुरस्कार हाम्रो रेडियोकी प्रस्तोता लक्ष्मी बस्नेतलाई प्रदान गरियो।

कार्यक्रममा कवि विष्णु सुवेदी, विर्ख क्रान्ति, शंकरलाल श्रेष्ठ र मुरारी दुलालले आफ्ना अभिव्यक्ति राखेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?