
लन्डन– इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राती भएको खेलमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई ३–० गोलले हराएको छ।
घरेलु मैदानमा उत्रिएको म्यान युनाइटेडका लागि एन्थोनी मार्सल, रोमेलु लुकाकु र एन्टोनियो भ्यालेन्सियाले एक एक गोल गरे।
यस जितपछि म्यान युनाइटेडले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसगको अंक दुरी १२ अंकमा झारेको छ। आइतबार राती भएको खेलमा लिभरपुलले म्यान सिटीलाई ४–३ गोलले हराएको थियो।
२३ खेलबाट ५० अंक भएको म्यान युनाइटेड दोस्रो स्थानमा छ। शीर्षस्थानमा रहेको म्यान सिटीको २३ खेलबाट ६२ अंक छ।
तेस्रो स्थानमा रहेको लिभरपुलको २३ खेलबाट ४७ अंक छ। अब लिगमा यी तीनवटै टोलीले समान १५ खेल खेल्न बाकी छ।