कोहलीको शतक तर भारत पछाडि

कोहलीको शतक तर भारत पछाडि
+
-

जोहानेसबर्ग– दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो पालीमा भारत पछाडि परेको छ।

भारतले आफ्नो पहिलो पालीमा सबै विकेट गुमाएर तीन सय सात रन जोड्न सक्यो। दक्षिण अफ्रिकाले पहिलो पालीमा तीन सय ३५ रन बनाएको थियो।

भारतको पहिलो पालीमा कप्तान विराट कोहलीले एक सय ५३ र मुरली विजयले ४६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन कमजोर रह्यो।

१० औं विकेटका रुपमा आउट हुनुअघि कोहलीले दुई सय १७ बलमा १५ चौका प्रहार गरे। टेस्ट क्रिकेटमा कोहलीको यो २१ औं सतक हो।

कोहलीले सन् २०१८ मा बनाएको यो पहिलो सतक हो।

उनले सन् २०१७ मा टेस्टमा पाच र एकदिवशिय अन्तर्राष्ट्रिय क्रिकेटमा ६ वटा शतक बनाएका थिए।

पहिलो पालीमा २८ रनको अग्रता लिएको दक्षिण अफ्रिकाले तेस्रो दिनको खेल समाप्तीमा दुई विकेट गुमाएर ९० रन जोडेको छ।

एबी डे भिलियर्स ५० र डिन एल्गर ३६ रनमा खेलिरहेका छन्। यसअघि पहिलो टेस्टमा भारत पराजित भएको थियो।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’