१३ छोराछोरीलाई साङ्लोले बाँध्‍ने बुवाआमा पक्राउ

१३ छोराछोरीलाई साङ्लोले बाँध्‍ने बुवाआमा पक्राउ
+
-

एजेन्सी-अमेरिकाको क्यालिफोर्नियामा १३ सन्तानलाई बन्धक बनाएर राख्ने बुवाआमालाई प्रहरीले पक्राउ गरेको छ ।

५७ वर्षीय डेविड एलन तुर्पिन र ४९ वर्षीया लुइस एना तुर्पिनलाई प्रहरीले दुईदेखि २९ वर्षसम्मका १३ सन्तानलाई बन्धक बनाएर राखेकाले पक्राउ गरिएको क्यालिफोर्निया प्रहरीले जनाएको छ।

उनीहरुले १३ जनामध्ये केहीलाई सांग्लोले बाँधेर तथा चाबी लगाएर राखेका थिए । लस एन्जलसबाट ५९ माइल दक्षिण पूर्व पेर्रिसमा रहेको घरमा उनीहरुले बन्धक बनाएर राखेका १३ जनालाई प्रहरी तथा सरकारी अधिकारीले उद्धार गरेका छन् ।

आइतबार १७ वर्षकी किशोरीले घरबाट भागेर प्रहरीलाई फोन गरेर आफ्ना १२ दिदी बहिनी तथा जादुभाइ घरमा बन्धक रुपमा रहेको बताएपछि प्रहरी त्यहाँ गएको थियो ।

त्यसपछि प्रहरीले बुवा आमालाई पक्राउ तथा बन्धक बनाइएका १३ जनालाई उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिमा सातजना वयस्क छन् भने अरु चारजना बालबालिका छन् । उनीहरु कुपोषित तथा सरसफाइको अवस्था कमजोर रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?