
कोलम्बिया- दक्षिण अमेरिकी देश कोलम्बियामा निर्माणाधीन पुल भत्किँदा कम्तिमा ९ जनाको ज्यान गएको छ।
ज्यान गुमाउने सबै पुल निर्माणमा खटिएका मजदुर हुन् र अरु पाँचजना घाइते भएका छन्।
विल्लाविसेन्सिओ शहरलाई राजधानी बोगोटासँग जोड्नका लागि चिराजारामा बन्दै गरेको पुल भत्किएको हो।
निर्माणधीन चार सय ५० मिटर लम्बाइको पुलको अधिकांश भाग लत्रिएको बिबिसीले उल्लेख गरेको छ।
पुल भत्किनुको कारण खुलेको छैन र अनुसन्धान गरिने यातायात मन्त्री जर्मन कार्दोनाले बताएका छन्।
पुल भत्किएका बेला त्यहाँ धेरै कामदार नरहेकाले धेरै हताहती नभएको निर्माण कम्पनीका अधिकारीले बताएका छन्। (एजेन्सी)