उपियाँ र जुम्राका कारण पाँच वर्षमा २ करोड ५० लाख मानिसको मृत्यु

उपियाँ र जुम्राका कारण पाँच वर्षमा २ करोड ५० लाख मानिसको मृत्यु
+
-

चौधौँ शताब्दीमा युरोएसिया तथा मध्य युरोपमा फैलिएको भयानक महामारीका कारण दुई करोड ५० लाख भन्दा धेरै मानिसको ज्यान गयो।

प्लेगसहितका महामारीका कारण सन् १३४७ देखि १३५१ को बीचमा ठूलो संख्यामा मानिसको ज्यान जाने गरी फैलिएको महामारीको कारण मुसा रहेको मानिँदै आएको थियो। तर, पछिल्लो अनुसन्धानले महामारीको कारक मुसा नभएर मानिस आफैँ रहेको देखाएको छ।

मानव इतिहासमा सबैभन्दा भयानक महामारीको रुपमा रहेको ब्ल्याक डेथका लागि मुसा मात्रै दोषी नरहेको अनुसन्धानकर्ताले बताएका छन्। शृङ्खलाबद्ध रुपमा फैलिएको महामारीका कारण धेरै मानिसको ज्यान गएका कारण त्यसलाई ब्ल्याक डेथ भन्ने गरिएको छ।

युनिभर्सिटी अफ ओस्लो र युनिभर्सिटी अफ फेराराका अनुसन्धानकर्ताका अनुसार प्लेगसहितका महामारी फैलिनुमा मुसा नभई उपियाँ र जुम्रा जिम्मेवार थिए । मुसाका कारण नभइ मानिसको शरीर तथा लुगामा बस्ने उपियाँ र जुम्राले गर्दा प्लेगसहितको महामारी फैलिएको प्रमाण भेटिएको ओस्लो विश्वविद्यालयका प्राध्यापक निल्स स्टेनसेथले बताए।

महामारी फैलिएका युरोपका नौ शहरमा गरिएको अनुसन्धानमा महामारी फैलिनुको कारण मुसा भन्दा उपियाँ र जुम्रा बढी रहेको देखिएको हो। महामारीमा मुसा पनि कारक देखिएको छ तर त्यो भन्दा बढी मानिसको शरीरमा रहने उपियाँ र जुम्रा प्रमुख रहेको प्राध्यापक स्टेनसेथले बताउनुभयो । अनुसन्धान गरिएका ९ मध्ये सात शहरमा उपियाँ र जुम्रा कारक देखिएको उनको भनाई छ।

मुसाका कारण भन्दा उपियाँ र जुम्राका कारण महामारी छिटो फैलिएको अनुसन्धानकर्ताले बताएका छन्। यसरी हेर्दा मानिसको शरीरमा रहने उपियाँ वा जुम्रा नै महामारीको प्रमुख कारक रहेकाले दोष मुसालाई नभई मासिनलाई नै दिनु पर्ने अनुसन्धानकर्ताको तर्क छ।

चौधौँ शताब्दीमा मात्रै दुई करोड ५० लाख मानिसको ज्यान गएको महामारी १९ औँ शताब्दीसम्म शृङ्खलाबद्ध रुपमा फैलिएको थियो । यसले गर्दा समग्रमा सात करोड ५० लाख देखि २० करोड मानिसको ज्यान गएको अनुमान गरिन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?