काठमाडौँ- नेपाल राष्ट्र बैंकले एक सय र हजार रुपैयाँ दरका सिक्का (कमोमोरेटिभ क्वाइन) निकाल्ने भएको छ।
त्रिचन्द्र क्याम्पस स्थापना भएको सय वर्ष पुगेको अवसरमा राष्ट्र बैंकले एक सय र एक हजार दरका तीन/तीन हजार सिक्का बजारमा ल्याउने भएको हो।
त्रिचन्द्र क्याम्पसको आग्रहमा सिक्का निकाल्ने निर्णय गरिएको राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए।
एक सय रुपैयाँको सिक्का क्याप्रिनिकलको तथा एक हजार दरको सिक्का चाँदीको रहने छ। सिक्का अबको एक महिनाभित्र आउने पण्डितले जानकारी दिए। यो व्यवसायिक प्रयोजनका लागि नरहेको तर संग्रह गर्न चाहनेले लिन सक्ने राष्ट्र बैंकले जनाएको छ।