काठमाडौं- भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले नर्सलाई निकालिएको भन्दै देशभरिका नर्सहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल नर्सिङ संघको अगुवाइमा नर्सहरु ११ बुँदै माग राख्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन्।
उनीहरुले पहिलो माग भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको बिनासर्त पुर्न:बहालीको मा गरेका छन्। गत बुधबारदेखि नै उनीहरुले विरोधस्वरुप हातमा पट्टी बाँधेर काम र धर्ना बस्ने गरेका थिए। तर माग सुनुवाइ नभएपछि उनीहरु सोमबारदेखि एक सिफ्टको ड्युटी नै छाडेका छन्।
भिडियो: आरजू