खर्च बुझाउने भोलि अन्तिम दिन

+
-

विराटनगर- बुधबार प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना सकिएको ३५ दिन पुग्दैछ।यसक्रममा क्षेत्रीय निर्वाचन कार्यालय मोरङले निर्वाचनमा सहभागी ६ वटै क्षेत्रका राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारलाई खर्च विवरण बुझाउन अन्तिम ताकेता गरेको छ।

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार, प्रतिनिधिसभा र प्रदेशसभामा गरी कुल १ सय १ जना उम्मेदवारले खर्च बुझाउन बाँकी छ जसमा प्रतिनिधिसभा सदस्यमा ४१ जना र प्रदेशसभा सदस्यतर्फ ६० जना उम्मेद्वारले खर्च बुझाउन बाँकी छ।

यसअघि, प्रतिनिधिसभा सदस्यतर्फ कुल ६१ उम्मेद्वार मध्ये २० जनाले खर्च विवरण बुझाएका छन्।

त्यसैगरी प्रदेशसभातर्फ १ सय ८ जना मध्ये ४८ जनाले खर्च विवरण बुझाएका छन्। खर्च नबुझाउनेतर्फ भने अधिकांश साना राजनीतिक दलका उम्मेदवार छन्।

कसले कति रकम बुझाए?
मंसीर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ जिल्लाका ६ वटा क्षेत्रमा नेपाली काङ्ग्रेस र बामगठबन्धनले निर्वाचन खर्च गरेको कार्यालयले जनाएको छ। यद्यपि व्यक्तिगततर्फ भने मोरङ क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका प्रतिनिधिसभा उम्मेद्वार लक्ष्मण साहुले सर्वाधिक २४ लाख ९५ हजार रुपैयाँ खर्च गरेका छन्। उनले खसेका कुल मत ७१ हजार ५८ मत मध्ये ३ हजार ४ सय १ मत हासिल गरे। अध्याधिक खर्च गरेका साहुको जमानत जफत भएको छ।

त्यसैगरी ठूला राजनीतिक दल नेपाली काँग्रेस, एमाले र नेकपा माओवादीका उम्मेद्वारले प्रतिनिधि सभासदस्यमा निम्नानुसार खर्च गरेको कार्यालयले जनाएको छ।

मोरङ जिल्ला प्रतिनिधिसभामा नेपाली काँग्रेसले १ करोड १९ लाख ६ हजार ५३ रुपैया निर्वाचनका क्रममा खर्चिएको छ।

अर्कोतर्फ बामगठबन्धनका उम्मेद्वारद्धारा ८७ लाख १३ हजार ४ सय ९० रुपैया खर्चिएको छ।

मोरङमा काँग्रेसतर्फबाट क्षेत्र नम्बर २ का उम्मेद्वार डा. मीनेन्द्र रिजालले २३ लाख ३७ हजार रुपैयाँ खर्चिएका छन्। त्यसैगरी क्षेत्र नम्बर १ का उम्मेद्वार एवं जिल्ला सभापति डीकबहादुर लिम्बूले १२ लाख ७८ हजार रुपैयाँ खर्च भएको जनाएका छन्। अघिल्लोपटक हार व्यहोरेका एमालेका नेता घनश्याम खतिवडाले यसपटक भने १० लाख ४१ ह्जार १ सय १ रुपैया खर्चिए।

त्यसैगरी एमालेका पूर्व सचेतक भानुभक्त ढकालले सर्वाधिक १७ लाख ३८ हजार ७ सय ११ रुपैयाँ खर्च भएको जनाएका छन्। निर्वाचन पूर्व अत्याधिक खर्च गरिरहेको आरोप खेपेका क्षेत्र नम्बर ३ का काँग्रेस उम्मेदवार सुनील शर्माले १९ लाख २३ हजार रुपैयाँ खर्चिएको जानकारी कार्यालयलाई जनाएका छन्। उनी एमाले नेता भानुभक्त ढकालसँग १ हजार ९ सय १० मतको अन्तरले पराजित भएका थिए।

त्यसैगरी क्षेत्र नम्बर ६ मा डा. शेखर कोइरालाले २२ लाख ८६ हजार खर्च गरिरहँदा एमालेका विजयी नेता लालबाबु पण्डितले १३ लाख १६ हजार १ सय ७८ रुपैयाँ खर्चिएका छन्।

त्यसैगरी पूर्व आपूर्तिमन्त्री एवं माओवादी केन्द्रका शिवकुमार मण्डलले १६ लाख ५१ हजार खर्चिँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका नेता अमृत अर्यालले २१ लाख ३३ हजार ८ सय ३ रुपैयाँ निर्वाचनका क्रममा खर्चिएका थिए।

बुझाउन बाँकी
कार्यालयका अनुसार प्रदेशसभासदस्यतर्फ साना दल तथा स्वतन्त्र उम्मेद्वारले खर्च बुझाउन बाँकी छ। यसमा विवेकशील साझा पार्टी, मंगोल नेसनल अर्गनाइजेसन, संघीय समाजवादी फोरम नेपाल, नेपाल मजदुर किसान पार्टीलगायत छन्। रकम बुधबारसम्म नबुझाए उम्मेदवार तथा दललाई कालोसूचीमा राखिने कार्यालयले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?