
काठमाडौं- वाम गठबन्धनको बैठक सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सुरु भएको छ।
निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचन गराउने भएपछि वाम गठबन्धनले यस सम्बन्धमा छलफल सुरु गरेको हो। राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल गर्न गठबन्धनको बैठक डाकिएको बताइएको छ।
बैठकमा एमालेका तर्फबाट वरिष्ठ नेता सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे र शंकर पोखरेल सहभागी छन् भने माओवादी केन्द्रका तर्फबाट वर्षमान पुन, रामबहादुर थापा बादल र मातृका यादव सहभागी छन्।