
युक्रेन- युक्रेनकी १५ वर्षकी किशोरी मार्ता कोस्जुख अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
उनी सन् १९९७ पछि १५ वर्षकै उमेरमा ग्राण्ड सलाम प्रतिस्पर्धाको अन्तिम ३२ मा पहिलो टेनिस खेलाडी हुन् । मेलबर्नमा बुधबार भएको खेलमा ओलिविया रोगोवास्कालाई मार्ताले अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा स्थान बनाएकी हुन्।
विश्व बरियतामा ५२१ औँ नम्बरमा रहेकी मार्ताले ओलिवियालाई ६–३ र ७–५ को सेटमा हराएकी हुन् । मार्ताले अब अन्तिम ३२ को प्रतिस्पर्धामा चौथो बरियतामा रहेकी युक्रेनकै एलिना स्वितोलिनासँग प्रतिस्पर्धा गर्ने छिन् ।
सन् १९९७ मा मिर्जाना लुसिस–बारोनी १५ वर्षको उमेरमा युएस ओपन टेनिसको अन्तिम ३२ मा पुगेकी थिइन् । त्यसअघि सन् १९९६ मा स्वीस खेलाडी मार्तिना हिन्गिस १६ वर्षको उमेरमा अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा पुगेकी थिइन् ।
अहिले अस्ट्रेलियन ओपन टेनिसको अन्तिम ३२ मा पुगेकी मार्ता गएको वर्ष अस्ट्रेलियन ओपनको जुनियर च्याम्पियन भएका कारण अस्ट्रेलियन ओपन टेनिस खेल्न पाएकी हुन् । तेस्रो चरणमा पुग्ने क्रममा मार्ताले पाँचवटा खेल जितेकी छन् । यसमा सिनियर स्तरको एक खेल पनि छ ।
अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेसँगै उनको जुनियर करिअर अब सकिएको छ । उनी प्रतियोगिता सकिएपछि कम्तिमा विश्व बरियताको २५० भित्र पर्ने आंकलन गरिएको छ ।
उनले अहिलेसम्म प्रतियोगितामा सहभागी भएर पाँच हजार पाउण्ड मात्रै जितेकी छन् । तर तेस्रो चरणमा पुगेसँगै अस्ट्रेलियन ओपनबाट उनले प्राइज मनीको रुपमा ८२ हजार पाउण्ड पाउने पक्का भइसकेको छ।