लुंगीले लिए ६ विकेट, भारत १३५ रनले हार्‍यो

लुंगीले लिए ६ विकेट, भारत १३५ रनले हार्‍यो
+
-

दक्षिण अफ्रिकासँगको दोस्रो टेस्ट क्रिकेटमा पनि भारत पराजित भएको छ।दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको खेलमा भारत १३५ रनले पराजित भएको हो।

चौथो दिनको खेल सकिँदा ३५ रन बनाएको भारतले आफ्नो दोस्रो पारीमा १५१ रन मात्रै बनाउन सक्यो।

खेलको अन्तिम दिन बुधबार भारतले २८७ रनको लक्ष्य पछ्याएको थियो।

क्रिजमा चेतेश्वर पुजारा र पार्थिव पटेल थिए।पुजारा १९ रन बनाएर आउट भएपछि भारतीय टोली समस्यामा परेको हो।

पुजारा एउटै टेस्टमा दुईपटक रन आउट हुने पहिलो भारतीय खेलाडी हुन्।

त्यसपछि पार्थिव पटेल पनि १९ रन नै बनाएर आउट भए।

दोस्रो पारीमा भारतका लागि रोहित शर्माले सर्वाधिक ४७ रन बनाए।

यस्तै मोहम्मद सामीले २८ रनको योगदान दिए।

तर भारतका सात ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दक्षिण अफ्रिकाबाट पहिलो अन्तर्राष्ट्रिय टेस्ट खेलेका लुंगी एन्गिडीले ६ विकेट लिए।

पहिलो पारीमा उनले एक विकेट लिएका थिए।

यस्तै कागिसो राबदाले तीन विकेट लिए।

दक्षिण अफ्रिकाले दोस्रो पारिमा २५८ तथा पहिलो पारीमा ३३५ रन बनाएको थियो।

भारतले पहिलो पारीमा ३०७ रन बनाएको थियो।

दोस्रो टेस्टमा पनि पराजित भएपछि तीन टेस्टको शृङ्खला भारतले दक्षिण अफ्रिकालाई सुम्पिएको छ।

केपटाउनमा भएको पहिलो टेस्टमा भारत ७२ रनले हारेको थियो।

तेस्रो टेस्ट जनवरी २४ देखि जोहनसबर्गमा सुरु हुनेछ।

भारत र दक्षिण अफ्रिकाबिच ६ एक दिवसीय तथा तीन ट्वेन्टी–ट्वेन्टी प्रतिस्पर्धा पनि हुनेछ।

 

सम्बन्धित समाचारहरु…

कोहलीको शतक तर भारत पछाडि

 

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’