
अ
+
अ
अ
-
दाङ- दाङलाई केन्द्र बनाउन मााग गर्दै सुरु भएको अान्दोलनकाे नेतृत्व राजनीतिक दलहरुले लिएका छन्।
सरकारले पाँच नम्बर प्रदेशकाे राजधानी रुपन्देही ताेकेपछि उद्योग वाणिज्य सङ्घले नेतृत्व गरेकाे अाम हड्तालकाे नेतृत्व राजनीतिक दलहरुले लिने निर्णय भएको छ।
दाङमा प्रादेशिक राजधानी सरोकार समितिले गर्दै आएको आन्दोलनको जिम्मा दलहरुले लिएका हुन्।
प्रमुख तीन दलले यो आन्दोलनको संयुक्त नेतृत्व गर्ने भएका छन्। घाेराहीमा बसेकाे सर्वदलीय बैठककाे निर्णयअनुसार उनीहरुले आन्दोलनको जिम्मा लिएका हुन्।
यसअनुसार आन्दोलन परिचालन समितिको संयोजक एमालेले पाएको छ भने सहसंयोजक कांग्रेसले पाएको छ। माओवादी प्रतिनिधिले सचिवको जिम्मेवारी सम्हाल्नेछन्।
बाँकी जिल्लास्थित सबै संघसंस्था यसका सदस्य रहनेछन्। बैठकले अनिश्चितकालीन आम हड्ताल सफल पार्ने र आन्दोलन रामार्ग केन्द्रित गर्ने निर्णय गरेको छ।
सम्बन्धित समाचारहरु…