अमेरिका रुस सम्बन्धमा सुधार हुन सकेन

+
-

मस्को- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष उनको निर्वाचन अभियानको क्रममा अमेरिका र रुसबीचको सम्बन्धमा थप सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर व्यवहारमा भने त्यस्तो हुन सकिरहेको छैन । उनले त्यसताका भनेजस्तै यी दुई देशको सम्बन्धमा सुधार हुन सकेको छैन ।

बरु त्यसको उल्टो यो एक वर्षमा यी दुई देशको सम्बन्ध शीतयुद्धकालीन रुपमा जस्तो भित्रभित्रै झनै नराम्रो हुदै गएको विश्लेषण गर्न थालिएको छ ।

रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाकारोभाले बिहीबार रुसी राजधानी मस्कोमा सो धारणा राखेका हुन्।  उनले भने, ‘ट्रम्प राष्ट्रपति भएपछि जुन रुपमा सम्बन्ध सुधार होला भन्ने अपेक्षा गरिएको थियो त्यो रुपमा हुन सकिरहेको छैन।

उनले भने, ‘हामीले त ट्रम्प सत्तामा आएपछि अमेरिकासँगको सम्बन्धमा सुधारका लागि निकै नै प्रयास गरिरहेका छौँ, तर खोइ किन किन त्यसो हुन सकिरहेको छैन।’

यी दुई देशको पछिल्लो समयमा विशेषगरी युक्रेन, सिरिया र इरानको विषयलाई लिएर असमझदारीहरु विकास भइरहेको छ, त्यसैले यसलाई अब आगामी दिनमा कमगर्ने उपायहरु अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।

मस्कोमा बिहीबार आयोजित एक नियमित पत्रकार सम्मेलनका क्रममा उनले सो धारणा राखेका थिए।

हिजोमात्र पनि अमेरिकी राष्ट्रपति ट्रम्पमाथि रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ खनिएका थिए। उनले ट्रम्पकै कारण रुससँगको सम्बन्ध अहिले आएर झनै विग्रिएको बताए। रासस/एपी

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?