
काठमाडौं- चीनले भारतसँगको विवादित सीमा क्षेत्र दोक्लामको उत्तरी क्षेत्रमा सातवटा हेलिप्याड बनाइसकेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।
स्याटेलाइट तस्बिरको विश्लेषण गर्दै इकोनोमिक टाइम्सले छापेले खबरमा चीनले दोक्लाममा हतियारसहितका गाडी पनि राखेको उल्लेख गरिएको छ।
त्यसको आसपासमा सेना पनि तैनाथ रहेको दाबी छ। सेना रहेको क्षेत्रबाट केही पर चीनले बाटो बनाउँदै गरेको खबरमा उल्लेख छ। इकोनोमिक टाइम्सले यी तस्बिर यही जनवरीका रहेको बताएको छ। गएको वर्षको जुन १६ मा दोक्लाममा चीनले बाटो बनाउन थालेपछि विवाद सुरु भएको थियो । त्यो विवाद ७३ दिनसम्म चलेको थियो।
स्याटेलाइट तस्बिरमा चीनले दोक्लामका धेरै क्षेत्रमा सैन्य ट्याङ्क तैनाथ गरेको देखिएको छ । चीनले हवामा मार हान्न सक्ने मिसाइल, ट्याङ्क, हतियारले भरिएका सवारी साधानसहतिका उपकरण चीनले दोक्लाममा ल्याएको छ ।
#China #PLA has already occupied the entire #Doklam plateau right upto 10m from #IndianArmy post.
Atleast two mech regiments with transporters +additional >100 vehicles+7helipads+concrete hexagonal observation tower can view entire #Gnathang valley & morehttps://t.co/Qkts2md5gK pic.twitter.com/M5JAhjY6kM— 卫纳夜格@Raj (@rajfortyseven) January 17, 2018
भारतको स्थल सेनाध्यक्ष जनरल बिपिन रावतले भारतीय सेना पनि दोक्लाम क्षेत्रमा रहेको बताएका छन्। चिनियाँ सैनिक अघि बढेमा भारतीय सेना त्यसको समाना गर्न तयार रहेको उनको भनाई छ।
चिनियाँ सेनाले दोक्लाममा गरिरहेको निर्माण कार्य धेरैजसो अस्थायी प्रकृतिको रहेको पनि उनले बताए।