स्पेनिस डिफेन्डर जेरार्ड पिकेले बार्सिलोनासँग नयाँ सम्झौता गरेका छन् । डिफेन्डर पिकेले ला लिगा लिडर बार्सिलोनासँग सन् २०२२ सम्मको सम्झौता गरेका हुन् । नयाँ सम्झौतामा पिकेको रिलिज क्लज चार सय ४० पाउण्ड छ ।
सन् २००८ मा इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडबाट क्याटलान क्लब आएका ३० वर्षे पिकेले बार्सिलोनाबाट अहिलेसम्म चार सय २२ खेलमा ३७ गोल गरेका छन् ।
पिकेले बार्सिलोनामा अहिलेसम्म ६ पटक ला लिगा तथा तीनपटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले स्पेनबाट सन् २०१० मा विश्वकप तथा २०१२ मा युरोकप फुटबलको उपाधि जितेका छन् ।
पिके सन् १९९७ देखि २००४ सम्म बार्सिलोनाको युथ एकेडेमीमा थिए । उनी त्यसपछि म्यानचेस्टर युनाइटेड गए । चार सिजनमा उनले युनाइटेडबाट सबै प्रतियोगितामा गरेर २३ खेल मात्रै खेले ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































