
दाङ– प्रदेश राजधानीको माग गर्दै दाङमा आन्दोलन चर्किएको छ।प्रदेश राजधानी रुपन्देही तोकिएपछि आक्रोश चुलिएको हो। तुलसीपुरमा सडकमा उत्रिएको भिडले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ।
नेपाल विद्यार्थी संघले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेको हो।
मंगलबारबाट सुरु भएको आन्दोलन आम हड्तालमा परिणत भएको छ। बुधबारदेखि अनिश्चितकालीन आम हड्ताल चलिरहेको छ।
बजार, उद्योग, कलकारखाना, शिक्षण संस्था, यातायात सवै ठप्प छन्। यसले गर्दा दाङको जनजीवन प्रभावित भएको छ। पूर्व पश्चिम राजमार्ग पनि ठप्प छ।
सम्बन्धित समाचारहरु…
केन्द्र नपाएपछि दाङमा आन्दोलन थप चर्काउने निर्णय
दाङमा राजधानी माग्दै बिहानैदेखि प्रदर्शन, पूर्वपश्चिम राजमार्ग ठप्प