
बलिवुड तथा दक्षिण भारतीय अभिनेता प्रकाश राजले फेरि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तिखो आलोचना गरेका छन्।
मुख्य मुद्दामा खुलेर बोल्ने तथा सामाजिक सञ्जालमा ट्रोल हुने प्रकाश राजले पछिल्लोपटक इंडिया टुडे कन्क्लेव कार्यक्रममा आफू हिन्दु विरोधी नभएर मोदी विरोधी रहेको बताएका हुन्।
उनले भने, ‘म एन्टी हिन्दु होइन, बरु एन्टी मोदी, एन्टी हेगडे, एन्टी अमित शाह चाहिँ हुँ। मेरो विचारमा यिनीहरु हिन्दु होइनन्। अनन्त हेगडे, जो एउटा धर्मलाई विश्वबाट हटाउन चाहन्छन्, यस्तो व्यक्ति हिन्दु हुन सक्दैनन्।’
I am anti-Modi, I am anti-Hegde, I am anti-Amit Shah and according to me they are not Hindus: @prakashraaj at India Today #SouthConclave18.
LIVE: https://t.co/tj9yqTQNKX pic.twitter.com/p7as2kH0h6— India Today (@IndiaToday) January 18, 2018
हत्याको समर्थन गर्ने कोही पनि हिन्दु हुन नसक्ने उनले बताए। उनले भने ‘जब उनीहरु मलाई एन्टी हिन्दु (हिन्दु विरोधी) घोषणा गर्न सक्छन् भने म पनि उनीहरु हिन्दु नै नरहेको भन्न सक्छु।’
प्रकाश राजले लगातार मोदी सरकार तथा सरकारका मन्त्रीका गतिविधिको विरोध गर्ने गरेका छन्। यसले गर्दा भारतीय जनता पार्टीका नेता तथा सरकारका मन्त्रीले उनलाई हिन्दु विरोधीको रुपमा चित्रित गर्ने गरेका छन्।