काठमाडौँ- वीरगञ्जमा प्रदेश राजधानी माग गर्दै आन्दोलन गर्नेहरुले बन्दको कार्यक्रमहरु फिर्ता लिएका छन्।
उनीहरुले धर्ना लगायतका दबाब मुलक कार्यक्रमहरुलाई भने निरन्तरता दिने जनाएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दियो।
वीरगन्ज बन्दले गर्दा दिनभरि बन्द रहेको वीरगंज भन्सार कार्यालय बेलुका ५ बजेपछि संचालनमा आएको भन्सार कार्यालयका अधिकारीले जनाए।
उनका अनुसार दिनभरिमा भारत तर्फबाट भन्सार कार्यालयमा मालबाहक सवारी साधान आए पनि बन्दले नेपाल तर्फ निकासी हुन सकेका थिएनन् तर बेलुका बन्द फिर्ताको घोषणा पछि भन्सार निर्बाध रुपमा चलेको छ।
जिल्ला प्रहरी कार्यालयले संघर्ष समितिले शुक्रबार १ बजे भने बिरगंजमा प्रदर्शन गर्ने जनाएको छ।