धनगढीमा विकासप्रेमी आन्दोलनमा प्रहरी दमनको चौतर्फी निन्दा

धनगढीमा विकासप्रेमी आन्दोलनमा प्रहरी दमनको चौतर्फी निन्दा
+
-

धनगढी- धनगढीमा ६ लेन सडकको चौडाइ घटाउन नहुने भन्दै विकासप्रेमीहरुले गरेको आन्दोलनमा प्रहरीले दमन गरेपछि चौतर्फी बिरोध सुरु भएको छ।

प्रहरी दमनको बिरोधमा स्थानीय वासिन्दाहरु सडकमा उत्रिएका छन्। उनीहरुले प्रहरीले पक्राउ गरेका १३ जनालाई निसर्त तुरुन्तै रिहाइको माग गरेका छन्।

बजार बन्द आव्हान गर्दै ट्राफिक चौराहामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला वडाअध्यक्ष बलबहादुर ऐरसहित १३ युवालाई पक्राउ गरिएपछि त्यसको चौतर्फी बिरोध सुरु भएको हो।

प्रहरी दमनको विरोधमा राजनीतिक दलका नेताहरु पनि सडकमा आएका छन्

कैलालीका प्रहरी प्रमुख एसपी विनोद घिमिरेको नेतृत्वमा आएको टोलीले युवाहरुलाई पक्राउ गरेपछि प्रहरीका बिरुद्ध सडकमा नारावाजी भइरहेको छ।

अपराधीहरुलाई संरक्षण गर्ने प्रहरीले विकास प्रेमी युवालाई पक्राउ गरेको भन्दै बिरोधका लागि ठूलो संख्यामा स्थानीय वासिन्दा सडकमा उत्रिएका छन्।

अहिले राजनीतिक दलका नेताहरु पनि सडकमा आएका छन्।

एमालेका सचिव रणबहादुर चन्द, नेपाली कांगेसका सचिव पुर्ण कुँवर, विवेकसिल साझा पार्टीका प्रदेश संयोजक गोपाल हमाल, माओवादी केन्द्रका नेता रमेश धामीलगायतले चौराहामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रहरी दमनको निन्दा गरेका छन्।

‘विकास रोकिनु हुँदैन भन्दै आन्दोलनमा उत्रिएका युवाहरुलाइ पक्राउ गरेर बहादुरी देखाउन खोज्नु प्रहरीको गम्भीर भुल हुनेछ, म तुरुन्तै उनिहरुलाई रिहा गर्न जोडदार माग गर्दछु,’ बिरोध सभालाई सम्बोधन गरेका विवेकशील साझा पार्टीका प्रदेश संयोजक गोपाल हमालले भने।

‘अपराधी, तस्कर र डाकाहरुको संरक्षण गर्ने प्रहरीले विकास प्रेमी युवालाई पक्रेर गर्न खोजेको के हो ? माओवादीका युवा नेता रमेश धामीले भने, ‘५ मिनेटमै उनीहरुलाई रिहाईइ नगरे प्रहरीका बिरुद्ध आन्दोलन केन्द्रित पार्नेछौँ।’

धनगढीमा

६ लेन सडकका लागि सडक मिचेर बनाइएको भत्काउनुपर्ने एक घर। तस्बिर: दीपक जोशी

दृष्टिबिहिन अर्जुन रावलको नेतृत्वमा रहेको युवा दवाव समुहले आव्हान गरेको बन्दको समर्थन गर्दै स्वस्फुर्त रुपमा जनता सडकमा उत्रिएका छन्।

धनगढी अत्तरिया सडक ६ लेनको बनाउन नहुने भन्दै आफ्नो घर परेका १३ जना घरधनीले सर्वाेच्चमा रिट हालेका छन्। १३ जनाका कारण विकास रोक्न नहुने भन्दै यहाँ आन्दोलन सुरु भएको हो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’