
काठमाडौं- बाम एकतालाई केन्द्रमा राखेर एमाले अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच ओली निवास बालकोटमा शुक्रबार दिउँसो छलफल भइरहेको छ।
केही बेरअघि सुरु भएको यो बैठक ओली बैंककबाट फर्किएपछिको पहिलो हो।
दाहालसँग भेट्नुअघि ओलीले माओवादी नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए। बाम एकतालाई तीव्र रुपमा कसरी अगाडि बढाउने र टुंग्याउन बाँकी रहेका नेतृत्व बाँडफाँट, पार्टी संरचना र सिद्धान्तबारे उनीहरुबीच छलफल भएको स्रोतले जानकारी दिएको छ।
बाम स्रोतका अनुसार ओली र दाहालबीचको भेटले पार्टी एकता समायोजन समितिको अर्को बैठकको समय निर्धारित गर्ने छ। उक्त बैठक ढिलो गरी शुक्रबार नै वा शनिबार बस्ने बुझिएको छ।
यो पनि पढ्नुहोस्…
बालकोटमा ओली-दाहालबीच भेटवार्ता