
अमेरिकाको लोआमा पाँच लाख मौरी मारेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको छ ।
गएको डिसेम्बर २८ मा सियु शहरमा रहेको वाइल्ड हिल हनी फर्ममा मरहेका मौरीका ५० वटा घार तोडफोड गरेका १२ र १३ वर्षका दुई बालकलाई प्रहरीले पक्रेको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।
घार फोरेकाले मौरी चिसोका कारण मरेका हुन् । यसबाट आफूहरुको ६० हजार डलर बराबरको नोक्सानी भएको वाइल्ड हिल हनी फर्मका मालिकले बताएका छन् ।
दुई बालकले पूर्ण रुपले सेन्सलेस भएर घार तोडफोड गरेको फर्मका मालिक जस्टिन इनगेलहार्डट्ले बताए । आफूहरु पूर्णरुपले बरवाद भएको उनले बताएका छन् ।
दुई बाकलले घारमात्रै नतोडेर मौरी बस्ने फ्रेम (चाका) पनि तोडफोड गरेका थिए । उनीहरुमाथि आपराधिक गतिविधि, कृषिजन्य पशुपक्षीमा गरेको क्षति तथा असंयमित रहेकोसहितका आरोप लगाइएको छ ।