राष्ट्रपति मोरङ आउँदै

राष्ट्रपति मोरङ आउँदै
+
-

विराटनगर- राष्ट्रपति विद्यादेवी भण्डारी मोरंगको बेलबारीमा आयोजना हुने एक कार्यक्रममा सहभागिता जनाउन आउने भएको जिल्ला प्रशासन कार्यालय मोरंगले जनाएको छ।

कार्यक्रम अनुसार, बेलबारीस्थित जनता आधारभूत विद्यालयको स्वर्ण स्मारक उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले सहभागिता जनाउने छिन्।

यसका लागि राष्ट्रपति कार्यालयको बिशेष सुरक्षा बलले कार्यक्रमस्थलमा उपस्थिति जनाइसकेको मोरंग थलाहास्थित सुर्यदल गणका प्रमुख सेनानी इन्दिवर विष्टले जानकारी दिए। उनले भने, ‘उहाको यो पाचौं छैटौ भ्रमण हो। विशेष सुरक्षा बल र नेपाली सेनाले आ आफ्नो कार्य सफलतापूर्वक गर्नेछ।

बेलबारीमा ११.३० बजेको निर्धारित कार्यक्रम रहेकोछ। सुरक्षा निकायका अनुसार, राष्ट्रपति हेलिकप्टरबाट आउने भएकोले मौषम सफा भए सिधा बेलबारी आउने छिन्। विहानीपख चिसो र हुस्सु भएकाले निर्धारित समय ढिलोपनि हुनसक्ने बताइएकोछ।

बेलबारीमा अवस्थित उक्त विद्यालयमा राष्ट्रपति भण्डारीले २०४३ देखि २०४६ सालसम्म उक्त विद्यालयमा प्रँध्यापन गरेको विद्यालयले जनाएको छ। राष्ट्रपतिको निर्धारित कार्यक्रम अनुसार विद्यालयको कार्यक्रम सम्पन्नपछि इटहरीमा शनिबारबाट सुरु हुने मदन भण्डारी स्मृति आमन्त्रण अन्तराष्टिय गोल्डकप फुटबलको उद्घाटन गर्ने रहेको छ।

बेलबारीबाट राष्ट्रपतिलाई इटहरीसम्म पुराउनका लागि मोरंगबाट पाचवटा विशेष सवारीसाधन पूर्वी पृतना मुख्यालय इटहरी पुगिसकेकोछ। प्रतियोगिताको पहिलो खेलमा आज सशस्त्र प्रहरी बलको एपीएफले थ्रीस्टारको सामना गर्नेछ।

त्यसैगरि, उक्त कार्यक्रमपछि राष्ट्रपति काठमाडौं फर्कने बताइएकोछ। राष्ट्रपतिको सुरक्षामा विशेष सुरक्षा बलसंगै नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको टोली रहनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?