काठमाडौं- शनिबार बिहानै चिसो मौसममा हातमा झाडु र फोहोर हाल्ने भाडो लिएर एक हुल युवाहरु सडकमा निस्किए। उनीहरुले सडक, पसल र चोकमा रहेका फोहोरहरु एक एक गर्दै टिप्न थाले।
‘क्लिन काठमाडौं अभियान’मा संलग्न युवाहरुले यस्तो कार्य गरिरहँदा छेउछाउका केही पसलेहरुले समेत सघाए। जसको सहयोगले शंखमुलदेखि नयाँबानेश्वरसम्मको सडक सफा भयो।
‘म बदलिन्छु, मेरो देश बदलिन्छ’ लेखिएको ब्यानर सहित युवाहरुले उक्त अभियानलाई गत बिहिवारबाट गत बिहीबारबाट निरन्तरता दिएको क्लिन काठमाडौं अभियानका अभियन्ता केपी खनाल बताए।
उनले भने, ‘हामी अब काठमाडौं सडकलाई सफा गर्दा पहिला आफ्नो मन सफा गर्नु जरुरी छ। यदि मन सफा भयो भने देश नै सफा हुन्छ।’ उनीहरुले सफा गरेको ठाउँमा दुबो रोपेका थिए।
युवाहरुको अभियानलाई साथ दिन वातावरण मन्त्री मिथिला चौधरी पुगेकी थिइन् ।
तस्बिरहरु-बर्षा शाह/देश सञ्चार