म्यानमारको सीमामा १० लाख बढी रोहिंग्‍या शरणार्थी

म्यानमारको सीमामा १० लाख बढी रोहिंग्‍या शरणार्थी
+
-

काठमाडौं-बंगलादेशले म्यानमार सीमाका शिविरमा १० लाख भन्दा बढी रोहिंग्‍या शरणार्थीहरु भएको बताएको छ।

शरणर्थीलाई म्यान्मार फिर्ता गर्ने तयारीका बिच गरिएको गणनामा पछिल्लो अनुमान भन्दा बढी संख्या भएको रोहिंग्‍या पञ्‍जीकरण प्रमुख सईदुर रहमानले बताए।

बंगलादेश सरकार शरणार्थीलाई फीर्ता पठाउनेकाम अर्को हप्ताबाट सुरु गर्न चाहन्छ। दुई वर्ष भित्र सम्पुर्ण शरणार्थी फीर्ता गर्ने बंगलादेश र म्यानमारबीच सम्झौता भएको छ।

तर शरणार्थीहरुले आफुहरु फर्ता नजाने बताएका छन् । म्यानमारमा रोहिंग्‍या अल्पसंख्यक दशकौं देखी अत्याचारको सामना गदै आएका छन् जसको पछिल्लो नतिजा उनीहरु म्यानमार छोडेर बंगलादेश शरण माग्‍न आएका थिए।

बंगलादेशको स्थल सेनाले गत बर्ष म्यानमारबाट रोहिंग्‍या मुसलमानको नयाँ समुह प्रबेस गरे पछी पंजीकरण सुरु गरेको थियो। बंगलादेशको स्थल सेनाका ब्रिगेडियर जनरल तथा पंजीकरण प्रमुख सइदुर रहमानले भने ‘अहिलेसम्म हामीहरुले १,००४,७४२ रोहिंग्‍याहरुको पंजीकरण गरेका छौ।’

उनीहरुलाई पंजीकरण कार्ड पनी बितरण गरीएको छ र अझै हजारौ शरणार्थीको पंजीकरण बाकीरहेको रहमाने बताए।

बंगलादेशको यो आंकडा संयुक्त राष्ट्र संघको आकडा भन्दा धेरै हो । संयुक्त राष्ट्र संघका अनुसार दक्षिण–पूर्व बंगलादेशको म्यानमार सीमामा ९६२,००० को संख्यामा रोहिंग्‍या शरणर्थीहरु छन्। एजेन्सीको सहयोगमा

 

सम्बन्धित समाचार…

झन जटिल बन्दै रोहिङग्या समस्या

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?