
डोटी – प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढी तोकेपछि दीपायललाई राजधानी बनाउनु पर्ने माग गर्दै आएका डोटीका बासिन्दा आन्दोलित छन् ।
दिन नै आन्दोलन थप उग्र बन्दै गएको छ । शनिबार आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालयको गेटमा कालो झण्डा गाडेका छन् ।
दीपायल, पिपल्ला बजार हुँदै क्षेत्रीय प्रशासन कार्यालय रहेको राजपुर बजार परिक्रमा गर्दै प्रदर्शनकारीले नाराबाजी गरेका हुन् ।
सरकारले जनाताको भावना विपरीत धनगढीमा अस्थायी राजधानी तोकेको भन्दै डोटीका बासिन्दा आन्दोलित छन् ।
त्यस्तै डोटीको सिलगढीमा पनि जिल्ला प्रसासन अगाडी ७ नम्बर प्रदेशको राजधानी माग गर्दै ठूला संख्यामा नारा जुलुस भएको छ ।
भीमदत्त राजमार्ग अन्तर्गत डोटीको बुडरमा नाकाबन्दी गरेपछि सुदूरपश्चिमका ७ वटै जिल्लाका नागरिक अलपत्र परेका छन् ।