दाङमा आन्दोलनको स्वरुपमा परिवर्तन, आमहड्ताल स्थगित

+
-

दाङ – दाङमा आन्दोलनको स्वरुप परिवर्तन हुने भएको छ । प्रदेश नम्बर पाँचको अस्थायी राजधानी बुटलवलमा तोकिएपछि चार दिन अघिदेखि यहाँ आमहड्ताल जारी थियो ।

शनिबार राति ११ बजेदेखि आमहड्ताल स्थगित हुने तर अन्य विरोधका कार्यक्रम भने जारी राख्ने संयुक्त संघर्ष समितिले जनाएको छ ।

‘सबै प्रकारका आन्दोलन र संघर्ष चलिरहन्छ तर आमहड्ताल भने स्थिगीत गर्ने तयारीमा छौं’ संयुक्त संघर्ष समितिका संयोजक टीकाराम खड्काले भने ‘हामी बैठकमै छौं, आमहड्ताल स्थगित भएको छ ।’

माघ २५ गते राष्ट्रियसभा सदस्यको निर्वाचन दाङमा हुँदैछ । सोही निर्वाचनलाई मध्यनजर गर्दै र सर्वसाधारण नागरिक मारमा परेको भन्दै आम हड्तालको कार्यक्रम स्थगित गर्ने दबाब चारैतिरबाट परेको थियो ।

विरोधसभा, कोणसभा, ज्ञापन पत्र बुझाउने, डेलिगेसन जाने जस्ता अन्य विरोधका कार्यक्रम भने यथावत रहने समितिले जनाएको छ । उद्योग वाणिज्य संघले सुरुमा नेतृत्व गरेको आन्दोलन पति राजनीतिक दललाई सुम्पिएको थियो ।

आन्दोलनको नेतृत्व गरेका दलहरुले अाम हड्ताल स्थगित गर्ने निर्णय गरेका हुन् । अब आइतबारदेखि बजार, कलकारखाना, शिक्षण संस्था, यातायात सबै सञ्चालनमा आउने छन् ।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’