दुई वर्षसम्म दलालले झुलाएपछि‍ निराश भए ६ युवक

दुई वर्षसम्म दलालले झुलाएपछि‍ निराश भए ६ युवक
+
-

नेपालगञ्ज– ठूलो परिवार। दश धुरमा बनेको सानो घर। बाबुले गरिरहेको ठेक्कापट्टामा घाटा भएपछि त्यही पनि पाँच लाखमा दृष्टिबन्धक।

जानकी–६, कोठारपुरका मौफुज अलि तीन भाइलाई सँगै लिएर विदेश जान कस्सिए। गाउँकै अब्दुल हकले केहीलाई विदेश पठाएको देखेका मौफुजका दाजुभाई उनकै सम्पर्कमा पुगे। एक लाख ५ हजारमा दुबईको लाल सुपरमार्केटमा पठाउने कुरा भयो। मौफुजका भाईहरु हारुन, मो. फारुक र सारुकसँगै गाउँकै कयामत अलि नाउ र सान्तब्रेज अलि नाउ पनि विदेश जान कस्सिए।

राहदानी बनाउने प्रक्रिया अघि बढ्यो। जिल्ला प्रशासन कार्यालय, बाँके र केहीको काठमाडौंबाट राहदानी बन्यो। सबै राहदानी दलाल अब्दुलको हातमा पुग्यो। जिल्ला प्रशासन कार्यालयबाट बनेको मो. फारुक र सारुकको राहदानी दलाल अब्दुलका छोरा इमामुल खाँ (जो जिल्ला प्रशासन कार्यालयमा पियन छन्) ले नै बुझेर बाबुलाई दिए।

राहदानी दलालको हातमा पुगेपछि पैसाको कुरा आयो। ६ जनाले नै दलाललाई ६०/६० हजार बुझाए।

स्वास्थ्य परीक्षणका लागि काठमाडौं बोलाइयो। स्वास्थ्य परीक्षणका लागि काठमाडौं जाँदा भिसा आउन केही दिन लाग्ने भयो भनेर सबैलाई घर पठाइयो।

दलालसँग उनीहरुको निरन्तर सम्पर्क भइरह्यो। एक दिन ल आउनुस् भनेर दलालले काठमाडौं बोलाए। घरमा बिदाइ चल्यो। रुवाबासी भयो। ६ जनाको टोली काठमाडौं हानिए। काठमाडौं बसेको एक हप्तासम्म भिसा हात लागेन। फोनमा दलालले अझै केही दिन लाग्ने बताए। घरबाट बिदाइ भएर गएको टोली फेरि घर फर्कियो।

गत असार १७ गते फेरि दलालले भिसा आएको भन्दै काठमाडौं बोलाए। ‘पहिला भएन यसपटक निश्चित हुन्छ भनेर बोलाइएको थियो,’ मौफुजले थपे। यो पटक पनि घरबाट सबै धार्मिक प्रक्रिया पुर्‍याएर काठमाडौंका लागि बिदाइ भए। २२ दिन बस्दासम्म उडान भएन। दलालले अझै केही दिन लाग्ने बताइरहेपछि टोली फेरि घर फर्कियो।

कोठारपुरका यी ६ जनाको विदेश जाने सपना दलालले दुई वर्षदेखि तुहाइरहेको छ। न त दलालले पैसा नै फिर्ता गरेको छ। मौफुजका दाजुभाईले मामाको ५ धुरको घरजग्गा अढाई लाख रुपैयामा दृष्टिबन्धक राखेर पैसाको जोहो गरेका थिए। ‘बाबुको ठेक्कापट्टामा घाटा भएपछि आफ्नो १० धुरमा बनेको घरजग्गा दृष्टिबन्धक राखेर पाँच लाख रुपैया तिरिएको थियो, भाईहरुलाई विदेश पठाएपछि तिरौला नि भनेर मामाको ५ धुरको घरजग्गा दृष्टिबन्धक राखेर अढाई लाख रुपैया निकालेर दलाललाई दिएका थियौं,’ दाजु रफिक सल्मानीले भने, ‘दलालले बदमासी गर्दा सबै सपना चकनाचुर भए। आफ्नो र मामाको घरजग्गा लिलामी हुने अवस्था आएको छ।’

कयामतका बुवा मो. हनिफ नाउले सय कडा पाँच रुपैया ब्याजमा पैसा खोलेर दलाललाई दिएको बताए। ऐलानी जग्गामा बस्दै आएका हनिफ ‘नौवा’ को काम गर्छन्।

विदेश जाने सपना देखेका युवाका परिवारलाई दलालको बदमासीले गर्दा उठिबास हुने अवस्था आएको छ। पीडितहरु जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय पुगेका छन्। दलालले ६ जनासँग चार लाख रुपैया लिएको स्वीकार गरेर कागज बनाएका छन्। उनीहरुको पैसा र राहदानी फिर्ता गर्नु भन्दा पनि दलालले अझै केही दिनमा उडाइदिने भन्दै झुलाएका छन्।

‘अहिले त फोन गर्दा पनि लाग्दैन, सम्पर्क पनि गर्दैनन्, पैसा असुलीका लागि कानूनी प्रक्रिया अघि बढाएका पीडितहरु भन्छन्।

जिल्ला प्रशासन कार्यालयमा पियनको काम गर्ने इमामुलले सोमबारसम्ममा भिसा आउने र उनीहरुले बाँकी पैसा जति छिटो जोहो गर्छन्, उति नै छिटो विदेश उड्ने बताए। ‘उनीहरु सबैको राहदानी बुवामार्फत मेनपावर कम्पनीमा पुगेको छ, मैले पनि बुवालाई छिटो उडान गराइदिन भनिरहेको छु, प्रशासनमा काम गर्ने भएपनि राहदानी बुझ्नेदेखिको कामहरु गरेर बुवालाई सघाएका इमामुलले भने।

बाबुले गरिरहेको

चार लाखको तमसुक। तस्बिर: कुमार श्रेष्ठ

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?