इटहरी गोल्डकपमा थ्रीस्टारको विजयी सुरुआत

इटहरी गोल्डकपमा थ्रीस्टारको विजयी सुरुआत
+
-

सुनसरी-थ्रीस्टार क्लबले सुनसरीको इटहरीमा शनिबारदेखि सुरु भएको मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेकोछ।

इटहरीको खेलकुद मैदानमा भएको खेलमा थ्रीस्टारले सशस्त्र प्रहरी बलको एपीएफलाई दुइ एक गोलले पराजित गरेको थियो।

जित हात पारेको थ्रीस्टार यससंगै सेमीफाइनलमा प्रवेश गरेकोछ। विविध कारण पछिल्लो डेढ वर्ष यता फुटबलबाट टाढा रहेको थ्री स्टारले जित हात पार्दै शानदार फर्म कायम राखेकोछ।

थ्रीस्टारको जितमा अजयी मार्टिन्सले दुइ गोल गरेका थिए। रोमान्चक बनेको खेलको ३८ औं मिनेटमा मार्टिन्सले सुरुआती गोल गरेका थिए।

त्यसैगरि, ४५ औं मिनेटमा पुन मार्टिन्सले गोल गर्दै थ्रीस्टारलाई जितको अवस्थामा पुराएका थिए। यद्यपी खेलको ६७ औं मिनेटमा पिटर सेगुनले आत्मघाती गोल गर्दै एपीएफलाई उपहार दिएका थिए।

यसपछि खेल बराबरी ल्याउन एपीएफले दोश्रो हाफमा प्रयास गरेपनि असफल भएको थियो। थ्रीस्टारको जितमा दुइ गोल गरेका मार्टिन्स प्लेयर अफ दि म्याच भए।

प्रतियोगिता अन्तर्गत आइतबार झापा एघारले मनाङ्ग मर्स्‍याङ्दी क्लबको सामना गर्नेछ। प्रतियोगिताको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गरेकीथिइन्।

सो क्रममा रराष्ट्रपति भण्डारीले खेलकुदको विकासमा सरकार लाग्‍नुपर्ने बताइन्।

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’