सपथ ग्रहणपछि प्रदेशहरुमा थपिएको उत्साह

सपथ ग्रहणपछि प्रदेशहरुमा थपिएको उत्साह
+
-

काठमाडौं – प्रदेश नम्बर सात बाहेक सबै प्रदेशसभाका सदस्यहरुले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

प्रदेश सातमा प्रदेश प्रमुख काठमाडौंबाट धनगडी पुग्न समय लाग्ने भएपछि सपथ ग्रहणको कार्यक्रम सञ्चालन गर्न ढिलो भएको छ।

अन्य प्रदेशमा भने तोकिएकै समय र केही ढिलो गरी सपथ कार्यक्रम सकिएको छ।

संघीयता कार्यान्वयनका लागि पहिलो पटक गठन हुन लागेको प्रदेशसभा सदस्यहरुले सपथपछि उत्साहित हुँदै आफू थप जिम्मेवार बनेको महसशुस गरेका छन्। सपथ कार्यक्रम केन्द्रलाई मर्मत तथा रङरोगन गरेर चिटिक्क पारिएको थियो।

सपथ ग्रहणका सहभागिहरुको थरिथरीका भेषभुषा देखिन्थ्यो। प्रदेश दुईमा बेग्लाबेग्लै भाषामा सपथ लिइएको छ। सपथ ग्रहणपछि सदस्यहरु खुसी साट्दै फोटो खिच्‍न समेत व्यस्त बने।

कहाँ कसले गराए सपथ ग्रहण ?

प्रदेश एक
प्रदेश एकको अस्थायी केन्द्र विराटनगरमा प्रदेश प्रमुख डा. गोविन्द सुब्बाले जेष्ठ सदस्य ओम सरावगीलाई सपथ ग्रहण गराएका थिए। त्यसपछि नेपाली कांग्रेसतर्फका समानुपातिक सदस्य सरावगीले बाँकी प्रदेशसभा सदस्यहरुलाई एकैपटक पद तथा गोपनीयताको सपथ ग्रहण गराए। यो प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरी ९३ जना प्रदेशसभा सदस्य छन्।

पद तथा गोपनीयताकोप्रदेश दुई
अस्थायी केन्द्र जनकपुर रहेको र १ सय ७ जना प्रदेशसभा सदस्यहरु रहेको प्रदेश दुईमा सबैभन्दा बढी ४७ जनाले मैथली भाषामा सपथ लिएका छन्। जेष्ठ सदस्य लगनलाल चौधरी लगायत २४ जनाले नेपालीमा, २५ जनाले भोजपुरीमा र ११ जनाले हिन्दीमा सफथ लिएका छन्। प्रदेस प्रमुख रत्नेश्वोरलाल कायस्थले प्रदेशसभासदस्यहरु सपथ ग्रहण गराएका हुन।

पद तथा गोपनीयताको

प्रदेश तीन
हेटौँडामा ३ नं प्रदेशका सदस्यहरुले शपथ ग्रहण लिएका छन् । ज्येष्ठ सदस्य मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं १ प्रदेशसभा ‘ख’ का सदस्य डोरमणि पौडेललाई प्रदेशप्रमुख अनुराधा कोइरालाले शपथ गराएपछि सांसद पौडेलले एक सय ९ सदस्यलाई शपथ गराए।

प्रदेश चार
प्रदेश नम्बर चारका जेष्ठ सदस्य जनकलाल श्रेष्ठले त्यहाँका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ गराएका छन्। प्रदेश प्रमुख बाबुराम कुँवरले आफ्नो कार्यालयमा कार्यभार सम्हालेलगत्तै प्रदेशसभाका ज्येष्ठ सदस्य श्रेष्ठलाई शपथ खुवाएका थिए। सपथ ग्रहणमा प्रदेश सभाका ६० जना सदस्यमध्ये राजीव गुरुङ (दीपक मनाङ्गे) र राम बहादुर गुरुङ सहभागि भएनन् ।

पद तथा गोपनीयताको
प्रदेश पाँच
बुटवल अस्थायी केन्द्र रहेको यो पाँच नम्बर प्रदेशका प्रमुख उमाकान्त झालेले जेष्ठ सदस्य वलदेव शर्मा पोख्रेललाई सपथ गराएका थिए। त्यसपछि जेष्ठ सदस्य वलदेव शर्माले ८७ जना प्रदेश सदस्यलाई सपथ ग्रहण गराएका छन् ।

पद तथा गोपनीयताको

प्रदेश छ
अस्थायी केन्द्र सुर्खेतमा प्रदेश प्रमुख दुर्गाकेशोर खनालले प्रदेशसभा सदस्यलाई सपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख खनालले सबैभन्दा पहिले प्रदेश सभा सदस्यहरुमध्ये जेष्ठ सदस्य हिमबहादुर शाहीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । अन्य ३९ जना प्रदेश सदसयहरुलाई शाहीले सपथ ग्रहण गरेका थिए ।

पद तथा गोपनीयताको

(देश सञ्‍चारका लागि विराटनगरबाट अभय कुमार राई, जनकपुरबाट प्रतिभा झा, पोखराबाट जमुना वर्षा शर्मा , बुटवलबाट दशरथ घिमिरे र सुर्खेतबाट डिलप्रसाद शर्माको सहयोगमा)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?