
काठमाडौं- बाम एकताको बिषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ओली निवास बालकोटमा आकस्मिक बैठक सुरु भएको छ।
दुई शीर्ष नेताहरुबीच विगत तीन दिनमा यो तेश्रो बैठक हो।
बाम एकतासँग जोडिएका राजनीतक र संगठनात्मक पक्षमा समान धारण बनाउन र केन्द्र तथा छ प्रान्तहरुमा सरकार निर्माणमा स्पष्ट साझा अडान बनाउनमा यी बैठकहरु केन्द्रित रहेको बुझिएको छ।
दुई शीर्ष नेताको बैठकपछि बाम एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ।