आम आदमी पार्टीलाई ठूलो झड्का, २० विधायकको सदस्यता रद्द

आम आदमी पार्टीलाई ठूलो झड्का, २० विधायकको सदस्यता रद्द
+
-

दिल्ली – भारतको दिल्ली विधानसभाका आम आदमी पार्टीका २० विधायकको सदस्यता रद्द भएको छ ।

विधायकलाई संसदीय सचिव बनाएको विषयमा विवाद भएपछि उनीहरुको सदस्यता रद्द गर्न चुनाव आयोगले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपति रामनाथ कोविन्दले विधायकको सदस्यता रद्द गर्ने सम्बन्धमा मन्जुरी दिएपछि केन्द्र सरकारले सूचना जारी गरेर विधायकको सदस्यता रद्द भएको जनाएको हो ।

दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवालले यि विधायकलाई ससंदीय सचिव बनाएको र यो लाभको पद भएको भन्दै उनीहरुको सदस्यता रद्द भएको हो ।

दिल्ली विधानसभाका ७० मध्ये २० सिटमा अब फेरि चुनाव हुनेछ । आप शुक्रबार बेलुका यो मुद्दालाई लिएर दिल्ली उच्च न्यायालय पुगेको थियो ।

२० सिटमा आम आदमी पार्टीका विधायकको सदस्यता रद्द भएको भए पनि सदनमा उसँग पर्याप्त बहुमत छ ।

गत चुनावमा दिल्ली विधानसभाको ७० सिटमध्ये आम आदमी पार्टीले ६६ सिट विजय हाँसिल गरेको थियो ।

सदस्यता रद्द भएका विधायक यि हुन्

आदर्श शास्त्री, द्वारका
अल्का लाम्बा, चाँदनी चोक
अनिल बाजपेयी, गान्धी नगर
अवतार सिंह, कालकाजी
कैलाश गहलौत, नजफगढ
मदनलाल, कस्तूरबा नगर
मनोज कुमार, कोंडली
नरेश यादव, महरौली
नितिन त्यागी, लक्ष्मी नगर
प्रवीण गुप्ता, जंगपुरा
राजेश गुप्ता, वजीरपुर
राजेश ऋषि, जनकपुरी
संजीव झा, बुराडी
सरिता सिंह, रोहतास नगर
सोम दत्त, सदर बजार
शरद कुमार, नरेला
शिवचरण गोयल, मोती नगर
सुखबीर सिंह, मुंडका
विजेन्द्र गर्ग, राजेन्द्र नगर
जनरेल सिंह, तिलक नगर

विधानसभा पद रिक्त रहेको ६ महिना भित्र उपचुनाव हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?