रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले क्लबले नेइमारलाई अनुबन्ध गर्न चाहेको कुरा शंकेत गरेका छन् ।
पहिलोपटक नेइमारका विषयमा बोलेका रियल प्रशिक्षक जिदानले उनी उत्कृष्ट खेलाडी रहेको फुटबल समर्थकले मनपराइरहेको बताएका हुन् ।
तर यो महिना (जनवरी विण्डो) मा नेइमार यो महिना आउने सम्भाना नरहेको बताए । यसको अर्थ नेइमार आउँदो समर विण्डोमा आउन सक्ने सम्भावनाको ढोका भने खुला रहेको शंकेत गरेका हुन् ।
ला लिगा अन्तर्गत आइतबार राति हुने डिप्रोटिभो डी लाकोरुनासँगको खेलअघि भएको पत्रकार सम्मेलनमा जिदानले आफ्नो क्लब भन्दा बाहिरको खेलाडीका बारेमा नबोल्ने बताए ।
तर उनले नेइमार राम्रो फुटबलर रहेको र उनी खेलेको हेर्दा फुटबल प्रेमीलाई आनन्द आउने बताए । गएको केही समयदेखि नेइमार रियल मड्रिड आउन चाहेको र रियल पनि उनलाई भित्र्याउनका लागि आतुर रहेका खबर आउने गरेका छन् ।
रियल नेइमारका लागि ठूलो रकम तिर्न तयार रहेको छ । नेइमार यहि सिजन बार्सिलोनाबाट विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएका हुन् ।
नेइमार पिएसजी आउने कुराले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि दबाब बढ्दै गएको छ । पछिल्लो पटक आएको खबर अनुसार रियलले रोनाल्डोलाई क्लबले आउँदो समरमा क्लब छोड्न सक्छौ भनेको छ ।
याहु न्युजका अनुसार रियलले रोनाल्डोलाई आउँदो सिजनमा क्लब छोड्ने भए जाने बाटोको खोजी गर्न भनेको छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































